+
+

धमाधम दरबन्दी मिलान, २७ जिल्लासँग शिक्षक दरबन्दीको विवरण माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १९:१९

३० भदौ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने बताएको छ ।

दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको केन्द्रको भनाइ छ ।

दरबन्दी मिलानकै क्रममा केन्द्रले विभिन्न २७ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक दरबन्दी विवरण अद्यावधिक गराउन पत्राचार गरेको छ । केन्द्रका अनुसार ११ सय दरबन्दी एउटा जिल्लाबाट अर्को जिल्लामा स्थानान्तरण भइसकेका छन् ।

बाँकी पुल दरबन्दीमा रहेकाहरुलाई स्थानान्तरण गर्ने प्रयोजनको लागि केन्द्रले २७ जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए ।

केन्द्रले ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, चितवन, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची र डोल्पाको एकाइलाई दरबन्दी मिलानको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।

केन्द्रले २०७२ साल असोज ३ यता जिल्लान्तर सरुवा भएका र बाँकी स्थायी शिक्षकको अलग अलग नाम, विद्यालय, स्थानीय तह र कनिष्ठताको सूची समेत तयार गरी अद्यावधिक विवण माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?