+
+

माधव नेपाललाई अष्टलक्ष्मीको आग्रह : फर्किएर एमालेमै आउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १४:१८

३१ भदौ, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेकै फर्किन माधवकुमार नेपाललाई आग्रह गरेकी छन् ।

एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले नेता नेपालले लिएको बाटो सही नभएको बताइन् । उनले अघि भनिन्, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । किनभने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ ।’

माधवकुमार नेपाल आफूहरुको नेता भएको र आफूले आफ्नो जीवन दिएर बनाएको पार्टीलाई चटक्क त्यागेर नयाँ पार्टी बनाउँछु र जनमत सृजना गर्छु भन्नु सही नभएको उनको भनाइ छ । शाक्यले अघि भनिन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?