+
+
Shares

अष्टलक्ष्मी शाक्यको प्रश्न : विद्या भट्टराईलाई सहयोग किन भएन ?

‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा किन दिनु पर्‍यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’, शाक्यले लेखेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १३:३०

९ वैशाख, काठकामाडौं । शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा गर्ने परिस्थितिप्रति नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले असन्तुष्टि जनाएकी छन् ।

सामाजिक सञ्जाल मार्फत शाक्यले भट्टराईले राजीनामा गर्नु परेकोप्रति असन्तुष्टि जनाएकी हुन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा किन दिनु पर्‍यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’, शाक्यले लेखेकी छन् ।

भट्टराईलाई मन्त्रीका रुपमा सहयोग नभएको प्रति पनि उनले प्रश्न उठाँएकी छन् । ‘उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईको इमान र नैतिकता सबैको लागि सधैं प्रेरणा बनोस्’, शाक्यले लेखेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?