
नदी किनारमा भेटिएको महिलाको सामान ।
३१ भदौ, सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।
भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको पहिचान भएको छैन ।
‘नदी किनारामा केही कागज र कपडा छन् हामीले छोएनौं, तत्काल उनको खोजी र पहिचानको लागि सुर्खेत प्रहरीलाई खबर गरेका छौं,’ प्रत्यक्षदर्शी वीरेन्द्रनगर नगरपालिका-४ का वडाध्यक्ष नीलकण्ठ खनालले भने ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4