
काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१६ स्थित पकलीमा १३७ औं शाखा विस्तार गरेको छ ।
इटहरीको भाटभटेनी सुपरमार्केट परिसरमा विस्तार गरिएको यो शाखामार्फत ग्राहकहरुले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा पाउनुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६७ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4