Comments Add Comment

यस्तो छ एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, मासिक भाडा ३ लाख २५ हजार

१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् ।

मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरु छन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment