+
+
Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुरस्कार घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १४:३५

१ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास विस्तार र उन्‍नयनमा विशेष योगदान पुर्‍याएको भन्दै व्यक्ति तथा विभिन्न संस्थालाई पुरस्कृत तथा कदरपत्र प्रदान गर्ने जनाएको छ ।

मन्त्रालयले विज्ञान पत्रकारितातर्फ कान्तिपुर दैनिकका मणि दाहाल, एरोनोटिकल प्रविधितर्फ डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ पुलचोकका डा.दिपक प्रसाद शर्मा, अन्तरिक्ष प्रविधि तर्फ प्रा.डा.उदयराज खनाल, जैविक प्रविधि तर्फ प्रा.डा.प्रकार घिमिरे माईक्रोबायोलोजी केन्द्रीय विभाग त्रिवि, विपद न्यूनीकरण सम्बन्धी प्रविधि तर्फ डा.प्रदिप ज्ञवाली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, उदयीमान प्रविधिमा डा.आभाष मास्के, नास्ट लाई जनही २५ हजार नगद राशि र कदर पत्र प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै बी.पी. कोइराला संग्रहालय, सुन्दरीजल, शम्भु आचार्य, निरीक्षक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय लगायत ५ जनालाई विशेष कदरपत्र प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?