+
+

कुबेर राईको ‘अल्झिएकी शीतहरु’मा मनछुने भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १८:४७

पुराना सर्जकहरुको गीत–संग्रह निकाल्दै आएको आरबिए फिल्म्स्ले ‘अल्झिएकी शीतहरु’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । यो गीत कुबेर राईले गाएका हुन् । कुबेर राई आफैमा अब्बल गायक हुन् । गाउँमै बसेर खेतीपाती गरिरहेका उनी बिरलै मात्र सार्वजनिक रुपमा देखापर्छन् । ‘मायाले मूलबाटो भुलेछ’ लगायत थुप्रै कर्णप्रिय गीतका गायक हुन् उनी ।

उनै कुबेर राईले स्वरबद्ध गरेको ‘अल्झिएकी शीतहरु’को अहिले म्युजिक भिडियो निर्माण गरिएको हो । यो गीत मानसिंह थुलुङले लेखेका हुन् । यसको शब्द श्रवण मुकारुङको हो । संगीत संयोजन गरेका छन्, नोर्बु छिरिङले ।

म्युजिक भिडियो राजेश कुटुले निर्देशन गरेका हुन् । गीतको भावसँग कलात्मक ढंगले दृश्यहरु निर्माण गरिएका छन् । यसको कथा विदूषी गिरीले तयार गरेकी हुन् । भिडियोमा सुवास बमजन र साक्षी सिंह भण्डारीले अभिनय गरेका छन् । भिडियो विकास सिटौलाले खिचेका हुन् ।  गीत–भिडियो निर्माण आरबिए फिल्म्सका रुद्र गुरुङले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?