+
+

अनलाइनखबरकर्मी आले ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सम्‍मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १९:१९

१ असोज, काठमाडौं । अनलाइनखबरकर्मी चन्द्रबहादुर आलेले सम्‍मानित भएका छन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा प्रदान गरेको ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन–२०७८’ बाट आले पुरस्कृत भएका हुन् ।

आले फोटो पत्रकार हुन् । उनलाई १० हजार राशिको पुरस्कार र प्रमाण पत्र एक कार्यक्रमबीच शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले हस्तान्तरण गरे।

आलेसँगै चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, आर्थिक पत्रकारितातर्फ मेनुका कार्की, खेलकुदतर्फ जीतबहादुर साउद, सामाजिक/राजनीतिक पत्रकारितातर्फ गोविन्द मरासिनी, कार्टुनतर्फ विरोचन मल्ल ठकुरीले समेत पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?