+
+

एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते २१:०१
फाइल तस्वीर

१ असोज,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो ।

सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् ।

यही असोज ५ गते हुने केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि प्रदेश समितिलाई पूर्णता दिइने सचिव राजु गुरुङले जानकारी दिए । भेलाले असोजभित्र लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा भेला र बैठकहरु गरी वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?