 
																						२ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा प्रहरीले जुवा खेलिरहेको ठाउँबाट एक लाख ७४ हजार नगदसहित १२ जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–२, फलाटेबाट ६५ हजार नगदसहित चारजना, वीरेन्द्रनगरकै पवन होटलबाट ३५ हजार सहित ६ जना र न्यूरोडबाट ७४ हजार नगद सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘दशैं र तिहार लगायतका चार्डपर्व नजिकीदै गर्दा वीरेन्द्रनगरमा जुवाडेहरु पनि बढ्न थालेका छन्,’ प्रहरी निरीक्षक कनक शाहीले भने, ‘यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियान नै थालेको छ ।’
उनका अनुसार विगतका वर्षहरुमा होटल, पसल र व्यक्तिगत घरमा भेटिने जुवाडेहरु यो वर्ष भने प्रहरीले सुइको नपाउने ठाउँमा भेटिन थालेका छन् । खेतमा, झाडीको बीचमा, हिलाम्मे सडकबाट जानै नसकिने ठाउँहरुमा भेटिने गरेको प्रहरीले जनाएको छ ।
‘कुनै पनि व्यक्तिको ओहोरदोहोर नहुने स्थान र झाडीहरुमा जुवाडेहरु भेटिन थालेपनि प्रहरीले नयाँ रणनीति अपनाएको छ,’ प्रहरी निरीक्षक शाही भन्छन्, ‘बजार क्षेत्रसँगै ग्रामीण इलाकाहरुमा पनि सादा पोशाकका प्रहरीलाई निगरानी गर्न खटाएका छौं ।’
पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाइने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4