+
+

बोलोग्नाको पोष्टमा ६ गोल गर्दै इन्टर शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते ८:४७

काठमाडौं । साविक विजेता इन्टर मिलानले इटालियन सिरि ए मा बोलोग्नालाई ६-१ ले पराजित गरेको छ । जितपछि इन्टर शीर्ष स्थानमा समेत उक्लेको छ ।

शनिबार राति भएको खेलमा एडेन जेकोको दुई गोल मद्दतमा इन्टरले बोलोग्नामाथि शानदार जित हात पारेको हो ।

इन्टरका लागि जेकोले ६३औं र ६८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि लाउटारो मार्टिनेजले छैटौं, मिलान स्क्रिनरले ३०औं, निकोलस बरेलाले ३४औं र माटियास भेसिनोले ५४औं मिनेटमा गोल गरेका थिए ।

बोलोग्नाका लागि ८६औं मिनेटमा आर्थर थियटेले सान्त्वना गोल फर्काए ।

जितपछि इन्टर चार खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?