+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

संविधान सच्‍याउन माग गर्दै जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १७:५२

३ असोज, जनकपुरधाम । संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा आईतबार जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

संविधान जारी भएको असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता/कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

स्थानीय जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा बोल्दै बक्ताहरुले संविधान नसच्याएसम्म बिरोध जारी रहने बताए ।

प्रदेश सांसद परमेश्वर साहले मधेशी जनताको छातीमा गोली ठोकेर निर्माण गरिएको संविधान अझै अपूरो रहेको बताए । हरेक नेपालीको संविधान बनाउन आफूहरुले भन्दै आएपनि शाषकवर्गले नमानेको उनको भनाई छ ।

संविधान संशोधन नगरेसम्म प्रत्येक बर्ष असोज ३ लाई कालो दिवस मनाइरहने उनले बताए ।

हामीलाई जनप्रतिनिधी बनाउने जनताले संविधानको बिरोध गर्न म्यान्डेड दिएको भन्दै उनले मधेश आन्दोलनका बिरोधीहरुले सत्तामा पनि बस्ने संविधानको बिरोध पनि गर्ने ? भन्ने गरेको उनले बताए । ‘सत्तामा पनि बसेर संविधानको बिरोध गर्न पाइँदैन् भनेर कुन संविधानमा लेखेको छ’ उनले प्रश्न गरे ।

कोणसभामा पूर्व सुांसद अरबिन्द सांसद, कार्यकारिणी सदस्य रुक्मिणी मण्डल, प्रमोद यादवसहितकाले संविधान संशोधन गर्नुपर्नेमा जोड् दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?