+
+

संविधान सच्‍याउन माग गर्दै जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १७:५२

३ असोज, जनकपुरधाम । संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा आईतबार जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

संविधान जारी भएको असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता/कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

स्थानीय जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा बोल्दै बक्ताहरुले संविधान नसच्याएसम्म बिरोध जारी रहने बताए ।

प्रदेश सांसद परमेश्वर साहले मधेशी जनताको छातीमा गोली ठोकेर निर्माण गरिएको संविधान अझै अपूरो रहेको बताए । हरेक नेपालीको संविधान बनाउन आफूहरुले भन्दै आएपनि शाषकवर्गले नमानेको उनको भनाई छ ।

संविधान संशोधन नगरेसम्म प्रत्येक बर्ष असोज ३ लाई कालो दिवस मनाइरहने उनले बताए ।

हामीलाई जनप्रतिनिधी बनाउने जनताले संविधानको बिरोध गर्न म्यान्डेड दिएको भन्दै उनले मधेश आन्दोलनका बिरोधीहरुले सत्तामा पनि बस्ने संविधानको बिरोध पनि गर्ने ? भन्ने गरेको उनले बताए । ‘सत्तामा पनि बसेर संविधानको बिरोध गर्न पाइँदैन् भनेर कुन संविधानमा लेखेको छ’ उनले प्रश्न गरे ।

कोणसभामा पूर्व सुांसद अरबिन्द सांसद, कार्यकारिणी सदस्य रुक्मिणी मण्डल, प्रमोद यादवसहितकाले संविधान संशोधन गर्नुपर्नेमा जोड् दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?