
३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले दुई पटकसम्म गरेको प्रतिनिधिसभा विघटनको निर्णय बाध्यताको परिणाम भएको बताएका छन् ।
स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले बाध्यताका कारण संसद् विघटन गर्नुपरेको उल्लेख गरेका हुन् । ‘प्रतिनिधिसभा विघटन गर्नु बाध्यता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ’, एक स्थायी कमिटी सदस्यले भने ।
उनका अनुसार, पार्टीकै नेताहरुले असहयोग गरेकाले संसद् विघटन गर्नु परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । यसअघि पनि ओलीले संसद् विघटन बाध्यता भएको बताउने गरेका थिए ।
२०७७ पुस ५ मा विघटन गरेको संसद् सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले २०७८ जेठ ७ मा पुनः विघटन गरेका थिए । तर दोस्रो पटक पनि पार्टीभित्रै असहयोग हुँदा संसद् विघटन गर्नु बाध्यता बनेको अध्यक्ष ओलीले प्रष्टिकरण दिएका छन् ।
तर दश बुँदे सहमति गरी एमालेमै बसेका नेताहरुले भने संसद् विघटन असंवैधानिक र प्रतिगामी कदम भएको दावी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4