+
+

एमालेमा सचिवालय बनाइने, पोलिट्ब्यूरो हट्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १९:५५

३ असोज, काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनबाट पोलिट्ब्यूरो संरचना हटाउने प्रस्ताव गरेको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा पोलिट्ब्यूरो संरचना नराख्ने उल्लेख छ ।

तर यसअघि साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अभ्यास गरेको सचिवालय समिति बनाउने प्रस्ताव गरिएको छ । नेकपाले नौ सदस्य सचिवालय बनाएको थियो, एमालेमा सात सदस्यीय सचिवालय बनाउने प्रस्ताव गरिएको छ ।

तर स्थायी कमिटी भने कायम राख्ने प्रस्ताव छ । प्रस्तावअनुसार, ३५ सदस्यीय स्थायी कमिटी बन्नेछ । केन्द्रीय कमिटीको संख्या २२५ सदस्यीय प्रस्ताव गरिएको छ ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी संख्या पनि हेरफेर गर्ने प्रस्ताव गरिएको छ । यसअघि पाँच उपाध्यक्ष रहेकोमा अव तीन उपाध्यक्ष रहनेछन् । तर सचिवको संख्या भने सात पुर्‍याउने प्रस्ताव छ ।

यसअघि सचिवको संख्या पाँच थियो । नयाँ प्रस्तावअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात सचिव रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?