
४ असोज, काठमाडौं । रुसको एक विश्वविद्यालयमा हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी मस्कोबाट ७०० माइल टाढा पर्म शहरस्थित एक विश्वविद्यालयमा आक्रमण भएको हो ।
स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजे विश्वविद्यालयमा प्रवेश गरी १८ वर्षका टिमुर बेक्मानसुरोभले गोली चलाएका थिए । घटनामा परी केही मानिसहरु घाइते भएका छन् ।
सार्वजनिक भएका भिडियोमा विश्वविद्यालयको भवन नम्बर ८ भित्र प्रवेश गर्नुपूर्व बन्दुकधारीले गोली चलाएको देखिन्छ । उक्त भवनको पहिलो तलाबाट विद्यार्थीहरु हाम फालेको फुटेज पनि सार्वजनिक भएका छन् ।
घटनालगत्तै प्रहरीले बन्दुकधारी युवकलाई पक्राउ गरेको थियो । तर क्षेत्रीय गभर्नर डिमित्री माखोनिनले उनको मृत्यु भएको बताएका छन् । उनको मृत्यु कसरी भयो भन्ने खुलेको छैन ।
टिमुरले गोली चलाउनुपूर्व सामाजिक सञ्जालमा एउटा पोष्ट गरेका थिए । उनले सो पोष्टमा सुुटिङ लाइसेन्स र हतियार प्राप्त पर्ने प्रक्रियाको व्याख्या गरेका छन् । साथै विगत ४ वर्षमा विश्वविद्यालयले ‘गम्भीर गल्ती’ गरेकाले निशाना बनाएको बताएका छन् ।
रुसमा बन्दुकसम्बन्धी कडा कानून भएकाले बन्दुक आक्रमणको घटना त्यति हुँदैनन् । तर, पछिल्लो समय यस्ता घटना बढदै गएको छ । गत मे मा कजानका एक विद्यार्थीले आफ्नो पूर्वविद्यालयमा गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4