+
+

प्रतिमान-निमा प्रतिष्ठानले लुम्बीनी प्रदेश सरकारलाई दियो २ करोडको स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १८:३५

बुटवल, ४ असोज । प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वस्थ्य सामग्री प्रदान गरेको छ ।

प्रतिष्ठानले सोमबार बुटवलस्थित प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । अमेरिकास्थित होप परियोजना र प्रतिष्ठानको सहकार्यमा पीपीई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आइसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाति थापाले बताइन् ।

प्रतिष्ठानका उपाध्यक्ष एवं पुर्व मन्त्री दीपक बोहराले यसअघि लुम्बिनी प्रदेश सरकारमार्फत प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे २ करोड बढी रकम बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए ।

सो अवसरमा मुख्यमन्त्री केसीले प्रतिष्ठानको सहयोगले सरकारलाई कोरोना महामारी नियन्त्रणमा सहयोग पुगेको भन्दै सरकारलाई निजी क्षेत्रको साथ आवश्यक रहेको बताए ।

यसैबीच प्रतिष्ठानले रुपन्देहीका चारवटा स्वास्थ्य संस्थालाई पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ । देवदह नगरपालिका–७ शित्तलनगरस्थित देवदह अस्थायी कोरोना अस्पताल, तिलोत्तमा नगरपालिका–१० स्थित सेमरा बजार स्वास्थ्य चौकी, तिलोत्तमा–८ स्थित करहिया स्वास्थ्य चौकी र बुटवल उपमहानगरपालिका–१४ स्थित सेमलार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

चारवटै स्वास्थ्य संस्थालाई गाउन आइसोलेशन २० थान, एननाइटी डिस्पोजेबल मास्क २ सय थान, प्रोटेक्टीभ फेस शिल्ड ६७ थान, पीपीई (रियुजेबलसहित २३ थान, ग्लोब्स २ हजार थान, अक्सिजन कन्सनट्रेटर (१० लिटर)१ थान, सेनिटाइजर ५ लिटर र मास्क २५० थान प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?