+
+

सर्वोच्च बारले भन्यो- न्यायाधीशलाई मानपदवी नदेऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १८:५१

४ असोज, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले न्यायाधीशलाई मानपदवी दिँदा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुग्ने बताएको छ । संविधान दिवसको अवसरमा सरकारले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई मानपदवी दिएको विषयमा चर्को आलोचना भइरहेका बेला सर्वोच्च बारले पनि साेमबार विज्ञप्ति निकालेर असन्तुष्टि जनाएको हो ।

न्यायपालिकालाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारका मानपदवी दिने गरी सिफारिस र घोषणा नगर्न सर्वोच्च बारले सरकारलाई आग्रह समेत गरेको छ । न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गर्न नहुनेमा अडिग रहेको पनि बारले स्पष्ट पारेको छ ।

बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बहालवाला न्यायाधीशहरुले सरकारको कुनै निकाय वा संस्थाबाट मानपदवी ग्रहण गर्दा हुने विभिन्न किसिमका टिकाटिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने, न्यायिक स्वतन्त्रताको मूल्य मान्यतामा आँच आउन सक्ने हुँदा त्यस प्रकारका मानपदवीहरु न्यायाधीशले ग्रहण गने वा नगर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?