+
+

१५ हजार धरौटी तिरेर छुटे राजीव काफ्ले

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १९:४०

४ असोज, काठमाडौं । गाँजा प्रतिबन्ध फुकुवाको अभियान चलाउने राजीव काफ्ले थुनामुक्त भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई सोमबार १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि धरौटी बुझाएका उनलाई छाडिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले अनलाइनखबरलाई बताए । काफ्लेसहित ३ जनालाई प्रहरीले गाँजा बेचबिखन गरेको अभियोगमा २० भदौमा पक्राउ गरेको थियो ।

एसएसपी थापाका अनुसार बुढानिलकण्ठ–१ स्थित हिप्पी हिल्स रेष्टुरेन्टमा गाँजा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । त्यसक्रममा सञ्चालक काफ्लेसहित कर्मचारी सुधीर प्रधान र कान्छा लामा पक्राउ परेको उनी बताउँछन् । प्रधानको साथबाट ८३ ग्राम ५ सय मिलिग्राम र ४३ ग्राम ५ सय मिलिग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको थियो ।

लागूऔषध सम्बन्धी मुद्दामा अदालतले लामालाई चाहिँ २५ हजार रुपैयाँ धरौटी मागेको एसएसपी थापाले बताए । उनलाई थुनामुक्त गर्न माग गर्दै सोमबार माइतीघरमा प्रदर्शनसमेत भएको थियो । काफ्ले एचआईभी एड्सविरुद्धका अभियन्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?