+
+

लमजुङमा विद्युतको तीन करोड बक्यौता

रासस रासस
२०७८ असोज ५ गते १३:५०

५ असोज, लमजुङ । लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।

नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार पश्चिम विद्युत उपभोक्ता समितिले २०७२ सालसम्म २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । ‘दुई पटक पत्राचार गरिसकेका छौं, बक्यौता तिर्न मानेको छैन,’ उनले भनिन् ।

लमजुङ विद्युत उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो । सो संस्थाले शुरुआतमा ३२ लाख, दोस्रो पटक २५ लाख तथा पछिल्लो समय सात लाख रुपैयाँ बक्यौता तिरेको गुरुङले जानकारी दिइन् ।

२०७२ सालमा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत उपभोक्ता संस्थाले तीन करोड १२ लाख र पश्चिम विद्युत उपभोक्ता समितिले २८ लाख बक्यौता तिर्न बाँकी थियो ।

जिल्लामा उपभोक्ता समितिले बिजुली वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ । तनहुँका चिसोपानी, रुपाकोट र पुरनकोटका दुई हजार ७०० परिवारले बिजुली प्रयोग गर्दै आएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?