+
+

परराष्ट्रमन्त्री खड्काको शपथ दिउँसो १ बजे

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ११:४८

६ असोज, काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त डा. नारायण खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले एक बजे शपथको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।

कांग्रेस नेता खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । सो सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले डा. खड्कालाई मन्त्री नियुक्त गरेको जानकारी राष्ट्रपतिलाई दिएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?