+
+

न्यूयोर्क भ्रमणबारे पराष्ट्रमन्त्री खड्का भन्छन्- एमसीसी प्राथमिकता लिस्टमा छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १४:१९

६ असोज, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताएका छन् ।

बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

तर भ्रमणको एजेण्डामा एमसीसी प्राथमिकताको एजेण्डा नभएको बताए । उनले भने, ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?