+
+

जबजलाई देवत्वकरण होइन, विकसित गर्छौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १८:३४
फाइल तस्वीर

६ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम गरिएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा जबजबारे प्रश्न उठेको थियो । जवाफमा अध्यक्ष नेपालले जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताए ।

‘न हामी जबजको देवत्वकरण गर्छौं, न त्यसको कुरुपीकरण । हामी जबजलाई विकसित गर्नेछौं, त्यसलाई समृद्ध पार्नेछौं,’ अध्यक्ष नेपालले भने । अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न पाँच समूह बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?