+
+

अमेरिकामा रहेका नेपालीको संस्था नासाका ११ पदाधिकारीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते २२:३६

वासिङ्टन डिसी । अमेरिकाको दक्षिण पूर्वी राज्यमा रहेका नेपालीहरुको पुरानो संस्था नेपलिज एसोसिएशन अफ साउथ इस्ट अमेरिका (नासा) का ११ जना पदाधिकारीले राजीनामा दिएका छन् । संस्थाको नेतृत्वप्रति असहमति जनाउँदै २१ सदस्यीय पदाधिकारीमध्ये ११ जनाले सामूहिक राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा वरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी, उपाध्यक्ष बिशाल भारती, कोषाध्यक्ष तथा सह–सचिव रमा घिमिरे, सदस्यहरु प्रलाद शाह, साबित्री रानाभाट, दिपक रानाभाट, नरेन्द्र बराल, प्रह्लाद शाह, सुदन गैरे, आमोद देवकोटा र सुशिल पौडेल छन् । राजीनामा दिएका मध्ये एक उपाध्यक्ष भारतीका अनुसार अध्यक्ष विनय अर्याल र महासचिब कृष्ण श्रेष्ठको एकल कार्यशैली र रबैयाविरुद्ध बहुमत सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् ।

नासाको हरेक २ बर्षमा नेतृत्व चयनको लागि हुने सम्मेलन र चुनाब यसपालि फ्लोरिडा राज्यको ओर्लान्डो शहरमा सेप्टेम्बर ५को लागि तोकिएको थियो । तर अमेरिकामा बढ्दो कोरोना महामारीका कारण फ्लोरिडा राज्य अमेरिकाको सबैभन्दा बढी प्रभावित भएकाले दुर्इ तिहाइ बोर्ड सदस्यले उक्त सम्मेलन, साधारण सभा र चुनाबलाई केहि महिनाको लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

तर संस्थाका अध्यक्ष र महासचिवले आफू अनुकुल सम्मेलन र साधारण सभा स्थगित भए पनि तोकिएै दिन फ्लोरिडामा चुनाव हुने भनेर सूचना जारी गरेको भारतीले बताए । उनका अनुसार त्यस्तो सूचना प्रेषित भएपछि बोर्डका बहुमत सदस्यहरुले तुरुन्तै बोर्डको आकस्मिक बैठक बोलाउन अनुरोध गरे पनि १६ दिन पछि बोलाएको बैठकमा संस्थाका अध्यक्ष र महासचिवले निर्णय सचाएर निर्वाचन पनि स्थगित भएको सूचना प्रकाशित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?