+
+

एसियन च्याम्पियनसिप खेल्न टेबलटेनिस टोली शुक्रबार दोहा जाने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १९:५३

७ असोज, काठमाडौं । २५औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछ ।

सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुनेछन् । महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा सहभागी हुने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाउनेछन् । टोली नेतामा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य, प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जीव ढुंगेल र शंकर गौतम तथा निर्णायकमा तेजेन्द्रसिंह महरा छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?