+
+

मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते ८:४५

८ असोज, विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

को १ ख ७५ ४८ नम्बरको बसले बिहीबार साँझ सवा ६ बजे ठक्कर दिंदा मोरङकै बेलबारी नगरपालिका ८ का ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएक उनको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

यसैगरी इलामको माइजोगमाई गाउँपालिका ५ मा मे १ च ६३४४ नम्बरको पिकअप गाडीले ठक्कर दिंदा सोही ठाउँका ५७ वर्षीय ५७ वर्षीय खिर बहादुर तामाङको मृत्यु भएको छ ।

बिहीबार बेलुकी पौने सात बजे रोकिराखेको पिकअप गाडी अचानक पछाडि सर्दा तामाङलाई ठक्कर दिएको थियो । तामाङको घटनास्थलमै मृत्यु भएको र गाडी चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय नयाँबजारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?