+
+

यी हुन् संसारकै धेरै उमेरका जुम्ल्याहा दिदी–बहिनी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते ११:१०

काठमाडौं । दुईजना जापानी जुम्ल्याहा दिदी–बहिनीले विश्वकै सबैभन्दा धेरै उमेरका जुम्ल्याहाको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् ।

यी कीर्तिमानी जुम्ल्याहाको उमेर १०७ वर्ष ३ सय दिन छ । यी दुबै ‘आइडेन्टिकल ट्विन’ अर्थात् देख्नमा पनि उस्तै अनुहार भएका जुम्ल्याहा हुन् ।

उमेनो सुमियाना र कामे कोदामाले जापानै अर्को जुम्ल्याहा जोडी किन नरिता र जिन क्यानीको करीब २१ वर्ष पुरानो कीर्तिमान भंग गरे । एउटै अनुहार तथा जिउडालका देखिने आइडेन्टिकल ट्वीनमा सबैभन्दा धेरै उमेरको रकेर्ड यसअघि जापानकै जिन किन र जिनको नाममा थियो । उनीहरुले १०७ वर्ष १७५ दिनको उमेरको कीर्तिमान सन् २००० को जनवरीमा कायम गरेका थिए । सोही दिन किनको मृत्यु भएको थियो भने जिन क्यानीको मृत्यु गत वर्ष भएको थियो ।

सुमियना र कोदामालाई सोमबार औपचारिक रुपमा विश्वकै वृद्ध जुम्ल्याहाको प्रमाणपत्र गिनिज बुकले प्रदान गर्यो । स्मरण रहोस् जापानमा गत सोमबार सेप्टेम्बर २० मा वृद्धावस्थाका नागरिकहरुप्र्रति सम्मान दर्शाउने वृद्ध दिवस मनाइएको थियो । उक्त दिन जापानमा सार्वजनिक विदा दिइन्छ ।

उमेनो र कामेको जन्म ५ नोभेम्बर १९१३ मा भएको थियो । उमेनोका ४ जना छोराछोरी छन् भने कामेका ३ जना । उनीहरु अहिले जापानमा फरक–फरक ठाउँमा वृद्ध स्याहार केन्द्रमा बस्दै आएका छन् । कोरोना महामारीको संक्रमणको जोखिमलाई मध्यनजर गरी गिनिज वर्ल्ड रेकर्डस्को प्रमाणपत्र दिनका लागि कुनै ठूलो औपचारिक समारोहको आयोजना गरिएन । केयर होमका कर्मचारीले उनीहरुले उक्त प्रमाणपत्र प्रदान गरे ।

जापान विश्वमा सबैभन्दा धेरै औषत आयु भएको मुलुक हो । यहाँ वृद्धवृद्धालाई धेरै सम्मान दिइन्छ ।

गिनिजका अनुसार हाल विश्वमा सबैभन्दा धेरै उमेरका व्यक्तिको कीर्तिमान पनि जापानकै कने तनाकाको नाममा छ । उनी ११८ वर्षका छन् ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?