+
+

भारतमा १५ वर्षीया बालिकाको सामूहिक बलात्कारमा संलग्न रहेको अरोपमा २८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १२:०५

८ असोज, काठमाडौं । भारतको मुम्बईको प्रहरीले १५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथी (ब्वाइफ्रेन्ड)ले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको भिडियो पनि बनाएका थिए ।

त्यसपछि उनले र उनका साथीहरुले उक्त भिडियो देखाएर ब्याकमेल गर्दै सामूहिक बलात्कार गर्दै आएका थिए । प्रहरीका अनुसार बालिकामाथि मुम्बईको डोम्बीवली, बदलपुर, मुरबाद र रबालेमा सामूहिक बलात्कार भएको थियो ।

बुधबार राति बालिकाले प्रहरीमा उक्त घटनाबारे उजुरी दिएकी थिइन् । एनडीटीभीका अनुसार बालिकाले यो घटनामा संलग्न रहेको भन्दै ३३ जनाको नाम लिएकी छिन् । उनीहरुमध्ये सबैजसोलाई बालिकाले चिन्थिन् ।

२०१२ को निर्भया सामूहिक बलात्कारको घटनापछि भारतमा बलात्कारको मुद्दामा कडा कानुनी व्यवस्था गरिएको छ । यद्यपि भारतमा यस्ता घटना भने कम भएका छैनन् ।

भारतको राष्ट्रिय अपराधको डेटाअनुसार २०२० मा भारतमा २८ हजार ४६ बलात्कारका घटना दर्ता भएका थिए । अझै पनि धेरै घटनाहरु प्रहरीमा आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने जानकारहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?