+
+

कांग्रेस पदाधिकारी बैठक सिंहदरवारमा जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १२:००

८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरवारमा जारी छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र समावेशी प्रतिनिधित्वका विषयमा छलफल भइरहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन गर्ने र बाँकीमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

‘आज बैठकमा अधिवेशनकै समय तालिकाबारे  छलफल भइरहेको छ । हिमाली बाहेकका जिल्लाहरुमा दशैंअघि पालिका अधिवेशनमात्रै गर्ने कुरा भएको छ, बाँकी अधिवेशनको मितिबारे छलफल भइरहेको छ,’ सहमहामन्त्री महतले भने ।

उनका अनुसार बैठकमा समावेशी प्रतिनिधित्वको विषयमा पनि छलफल भइरहेको छ । महाधिवेशनमा दलित, मुस्लिम, मधेशी, अल्पसंख्यकहरुको प्रतिनिधित्वका विषयमा कांग्रेसभित्र असन्तुष्टि छ ।

कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा महाधिवेशन प्रक्रिया प्रभावित भएको हो । ६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा भने सहमति जुटेको छैन ।

पदाधिकारी बैठकमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । यी जिल्लामा दशैंअघि नै वडा र पालिका अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरिसके पनि क्रियाशील सदस्यता भने अझै सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?