+
+

१२ मुलुकका नागरिकले नेपालमा अनअराइभल भिसा नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १९:२५

८ असोज, काठमाडौं । नेपालले १२ वटा मुलुकका नागरिकलाई अनअराइभल भिसाको सुविधा नदिने भएको छ । अध्यागमन विभागका अनुसार यसरी अनअराइभल भिसा नपाउने मुलुकमा बढी द्वन्द्वग्रस्त क्षेत्रका मुलुक छन् ।

नेपालले कोभिड-१९ विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकलाई बिहीबारबाट अनअराइभल भिसा खुला गरेको थियो । विभागले ७२ घण्टाभित्रको पीसीआर रिर्पोट साथमा लिएर आएमा अध्यागमन विन्दुबाटै भिसा दिने निर्णय गरेको थियो ।

तर विभागले जारी गरेको सूची अनुसार नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्लालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले नेपाली अध्यागमन बिन्दुमा अनअराइभल भिसा पाउने छैनन् । उनीहरुले अनिवार्य रुपमा विदेशस्थित तोकिएको नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर नेपाल आउनु पर्नेछ । यसका लागि आकस्मिक राहदानी बाहकले समेत अनिवार्य रुपमा कुटनीतिक नियोगबाट भिसा लिनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?