+
+

भाँडा पसलमा छापा, ६६१ घण्ट बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १३:१२

९ असोज, धनगढी । कञ्चनपुरमा मन्दिरमा चढाएका पुराना घण्ट टल्काएर बिक्री गर्ने गरेको गुुनासोपछि प्रहरीले एक भाडा पसलमा छापा मारेको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित सञ्चालनमा रहेको ठकुराठी भाडा वर्तन पसलमा छापा हानेर ६ क्वीन्टल बढी ( ६ सय ६१ किलो) घण्ट बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले मन्दिर चढाएका पुराना घण्ट टल्काएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा शनिबार छापा हानेर ठकुुराठी भाडा वर्तन पसलबाट ६ सय ६१ किलो घण्ट बरामद गरिएको बताए ।

‘व्यापारीले पुराना घण्ट टल्काएर बिक्री गर्ने गरेको सूचनाका आधारमा हामीले उक्त पसलमा छापा हानेका थियौं,’ प्रहरी नायव उपरीक्षक न्यौपानेले भने, ‘सोधपुुछका क्रममा मन्दिरले लिलाम गरेपछि खरिद गरेको बुुझिएको छ । घटनाबारे थप अनुुसन्धान भइरहेको छ ।’

प्रहरीकाअनुसार ती घण्ट महेन्द्रनगरकै सिद्धनाथ मन्दिरमा श्रद्धालुु भक्तजनहरुले चढाइएका हुन् । मन्दिर व्यवस्थापन समितिले समेत घण्ट लिलाम गरेर बिक्री गरेको प्रहरीलाई बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?