+
+

ताप्लेजुङमा किशोरीको शंकास्पद शव, हत्याको आशंका

प्रहरीले चासो नदिएको आफन्तको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १८:४७

९ असोज, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् ।

बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो ।

शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा लिएको आफन्त अमृत लिङ्देनले बताए । उनका अनुसार दिदीसँग फुङलिङ बजारमा बसेर पढ्दै आएकी पुष्पा बिहीबार राति १२ बजेसम्म डेरा बसेको घरमै थिइन् ।

राति १२ बजेपछि हराएकी उनको शव भोलिपल्ट विहान करिब ८ बजे डेराबाट करिब २ किलोमिटर टाढा जंगल छेउमा शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

लिङ्देनका अनुसार मृतकले प्रयोग गर्ने मोबाइल पनि हराएको छ । ‘राति १२ बजेसम्म डेरामा भएको मान्छेको शव जंगलछेउमा कसरी पुग्यो ?’ उनले भने, ‘हाम्रो आशङ्का हत्या हो । तर प्रहरीले सामान्य रुपमा लिएको छ ।’ शव अर्धनग्न अवस्थामा रहेको र शरीरमा पनि चोट भएका कारण हत्या भएको हुनसक्ने उनले बताए ।

स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने किशोरीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको भन्दै आफन्तले शव बुझेका छैनन् । शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने उनले आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी बालनरसिंह राणा प्रहरीले घटनाको शुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउँछन् । पोष्टमार्टम हुन बाँकी रहेको बताउँदै उनले पोष्टमार्टमपछि थप विषय खुल्ने जानकारी दिए ।

उनका अनुसार शव भेटिएको स्थानदेखि केही माथि किशोरीले लगाएको ज्याकेट भेटिएको छ । ज्याकेट नजिकै मेटासिडको बट्टा पनि भेटिएको उनले बताए । घटनालाई सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँदै उनले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप विषय खुल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?