+
+

गोरखाका ११ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

विकास मरहट्टा विकास मरहट्टा
२०७८ असोज १० गते १२:५१
गोरखा नगरपालिका सभापति चन्दनबाबु खत्री (बाँया) र विमल ढकाल (दाँया) ।

९ असोज, गोरखा । गोरखाको ११ वटै स्थनीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पालिका अधिवेशनले ६ स्थानीय तहमा सर्वसम्मत र ५ वटामा निर्वाचनबाट नेतृत्व चयन गरेको हो ।

चुमनुव्री, धार्चे, आरुघाट, अजिरकोट, शहीद लखन र गण्डकी गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको छ । चुमनुव्री गाउँपालिका सभापतिमा सूर्य गुरुङ, धार्चेमा सन्तोष गुरुङ, आरुघाटमा राजु गुरुङ, शहीद लखनमा काशिनाथ अम्गाई, अजिरकोटमा जंगबहादुर गुरुङ र गण्डकी गाउँपालिकामा होम बहादुर राना सर्वसम्मत चयन भएका छन् ।

धार्चेको सभापति निर्वाचित भएका गुरुङ र गण्डकीका सभापति राना सम्बन्धित गाउँपालिकाका अध्यक्षसमेत हुन् । शहीद लखन गाउँपालिका सभापति बनेका अम्गाई सोही गाउँपालिकाको नम्बर ८ का अध्यक्ष हुन् ।

गोरखा नगरपालिकाको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् । १५१ मत ल्याएर उनी बिजयी भएका हुन् । उनका प्रत्यासी उमेदवार दिलबहादुर थापाले १०७ मत ल्याएका छन् । सचिवमा सावित्रा थापा मगर र दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । मगरले १९१ मत ल्याएकी छिन् भने श्रेष्ठले ११७ मत ल्याएका छन् । सचिवका उमेदवार अन्य दुईमध्ये तारा बहादुर खड्काले ११५ र राजकुमार श्रेष्ठले ४३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

पालुङटार नगरपालिकाको सभापतिमा विमल ढकाल निर्वाचित भएका छन् । प्रत्यासी उमेदवार अमर धिताललाई ७० मतले पछि पार्दै ढकाल विजयी भएका हुन् । ढकालले १२३ मत ल्याएका छन् भने धितालले ५३ मत मात्र ल्याएका हुन् ।

कुल खसेको १७७ मतमध्ये एक मत बदर भएको थियो । सचिवमा किरण गिरी र मान बहादुर पाण्डे बिजयी भएका छन् । गिरीले १४१ र पाण्डेले ८६ मत ल्याएका छन् । सचिव पदका लागी चार जनाको उमेदवारी परेको थियो । सचिवमा मनोनयन दर्ता गरेकामध्ये रमेश पोखरेल र पवन अधिकारीले क्रमश ५६ र ४६ मत ल्याएका छन् ।

बारपाक सुलीकोट गाउँपालिकाको सभापतिमा जीत बहादुर घले निर्वाचित भएका छन् । उनका प्रत्यासी केशरी ढकाललाई ४८ मतले पछि पार्दै घले बिजयी बनेका हुन् । कुल खसेको १ शय ३० सदर मतमध्ये घलेले ८९ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी ढकालले ४१ मत प्राप्त गरेका थिए ।

त्यस्तै भीमसेन थापा गाउँपालिकामा १०९ मत ल्याएर नारायण भट्टराई बिजयी बनेका छन् । उनका प्रत्यासी उमेदवार दिनेश नरालले ५२ मत मात्र ल्याएका थिए ।

सिरानचोक गाउँपालिकामा भक्तबहादुर गुरुङ विजयी भएका छन् । उनले ६८ मत ल्याएका थिए भने उनका प्रत्यासी ज्ञानेन्द्रबहादुर गुरुङले ६२ मत ल्याएका थिए । खसेको कुल १ सय ५३ मतमध्ये २३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?