
चलचित्र ‘रणवीर’बाट डेब्यू गरेकी मोडल सुवेक्षा खड्काले दोश्रो चलचित्रमा काम गरिरहेकी छिन् । सुवेक्षाले पहिलो चलचित्रमा काम गरेको ३ बर्षपछि दोश्रो चलचित्र ‘प्रेमा’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनी शिर्ष भूमिकामा रहेको वुझिएको छ ।
यो चलचित्रको छायांकन २ साता अघिदेखि सुरु भएको निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई ‘रणवीर’ चलचित्रका निर्देशक गोविन्द सिंह भण्डारीले नै निर्देशन गरिरहेका छन् । गोविन्द निर्माता रोज राणाको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिए । तर, यो चलचित्रको छायांकन पोष्टपोन्ड भएपछि उनले ‘प्रेमा’को काम अगाडि बढाएका हुन् ।
सुवेक्षाले हरेक चलचित्र झै यो चलचित्र पनि आफ्नो मुटुमा विशेष स्थान बनाउन सफल भएको उल्लेख गरेकी छिन् । उनले, निर्देशक भण्डारीबाट आफूले धेरै कुरा सिक्न पाएको पनि लेखेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4