+
+

पल्पसा भन्छिन्–‘धेरै ठिक भएँ, अब मृगौला प्रत्यारोपणको पर्खाइमा छु’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १२:५८

कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको पर्खाइमा छिन् । अनलाईनखबरसँग कुरा गर्दै पल्पसाले आफू मृगौला प्रत्यारोपणको पर्खाइमा रहेको जानकारी दिइन् । उनले भनिन्–‘परिवारबाटै मृगौला दिँदै हुनुहुन्छ । मृगौला दिनेको र मेरो स्वास्थ्य चेकजाँच भैसकेको छ । सरकारी कामहरु भने बाँकी छ । दशैं तिहारपछि प्रत्यारोपण गर्ने तयारी छ ।’ उनका अनुसार त्रिवी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण हुनेछ ।

विगत ८ वर्षअघि उनले आफ्नो मृगौलाको समस्याबारे थाहा पाएकी थिइन् । त्यसयता परिवारका सदस्यलाई जानकारी नदिई उनले मृगौलाको उपचार गराउँदै आएकी थिइन् । तर, गत जेठमा श्वासप्रश्वासमा समस्या भएपछि त्रिवी शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चेकजाँचका क्रममा उनको दुवै मृगौलाले काम गर्न छाडिसकेको डाक्टरले बताएका थिए । त्यसयता उनले सातामा दुई पटक नियमित डायलासिस गराउँदै आएकी छिन् ।

अस्पतालमा झण्डै ३ महिना बिताएपछि तीन साता अगाडि उनी डिस्चार्ज भएकी हुन् । उनले अहिले आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको बताइन् । ‘बाँच्छु जस्तो लागेको थिएनँ’ पल्पसाले भनिन्,–‘अहिले धेरै ठिक भएकी छु । एकदमै आत्मविश्वास बढेको छ । खाना खान पनि रुचि लाग्छ । डायलासिस गराउन जाने–आउनेदेखि अन्य कामहरु पनि आफै गर्न सक्छु । अब मृगौला प्रत्यारोपणको पर्खाइमा छु ।’ उनले मृगौला प्रत्यारोपणपछि आफू पहिलेजस्तै अभिनयमा आउने बताईन् ।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ उपनामले चिन्दै आएका छन् । उनले थुप्रै टेलिसिरियल, चलचित्र एवं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?