+
+

एक क्लिकमै यसरी हटाउनुहोस् फोनबाट दोहोरिएका सम्पर्क नम्बर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १३:३७

हामीले प्रायः केही वर्ष चलाएर पुरानो मोबाइल फोनको साटो नयाँ मोबाइल फोन प्रयोग गर्ने गर्दछौँ । कतिपय मानिस त हरेक वर्ष नै नयाँ नयाँ मोबाइल फेर्ने गर्दछन् । नयाँ मोबाइल चलाउन थालेसँगै फोनमा सुरक्षित गरिने फोन नम्बरहरु पनि निरन्तर अद्यावधिक भैरहेका हुन्छन् । कतिपय नम्बरहरु छुट्ने र कतिपय नम्बरहरु थपिने हुन्छन् ।

केही नम्बरहरु त दुई तीन पटक नै कपी हुनसक्दछ । यसरी कुनै फोनमा एउटा नम्बर विभिन्न एकभन्दा बढी पटक सेभ गरियो भने त्यसलाई डुप्लिकेट कन्ट्याक्ट नम्बर भनिन्छ । हामीले सम्पर्क नम्बरलाई सिमकार्डमा कपी गर्ने र त्यसपछि इमेल आईडीसँग सिंक्रोनाइज पनि गर्ने हुँदा त्यस्तो हुनजान्छ । त्यसले नयाँ फोनमा एउटै फोन नम्बर २-४ पटक नै देखिन थाल्दछ ।

यसरी फोनमा दोहोरिएर रहेका त्यस्ता सम्पर्क नम्बरलाई हटाएर एउटा मात्र राख्न के गर्नुपर्ला ? एन्ड्रोइड फोनमा रहेका डुप्लिकेट कन्ट्याक्ट नम्बर हटाउनका लागि दुई तरिका अबलम्बन गर्न सकिन्छ ।

पहिलो तरिका मोबाइल एपको प्रयोग गरेर अनि दोश्रो तरिका जिमेलको प्रयोग गरेर ।

एपको प्रयोग गरेर दोहोरिएको नम्बर हटाउन चाहनुहुनछ भने प्ले स्टोरबाट Cleaner– Merge Duplicate Contact नामक एप डाउनलोड गर्नुहोस् ।

उक्त एप खोलेसँगै फोनमा रहेका सबै सम्पर्क नम्बरहरु स्क्यान हुन्छन् । फोनका सबै नम्बरहरु यस एप्मा डुप्लिकेट नम्बरसँगै देखिनेछन् ।

त्यसपछि merge बटनमा ट्याप गर्नुहोस् । यसो गर्दा फोनमा रहेका सबै डुप्लिकेट नम्बरहरु डिलिट हुनेछन् र त्यसमध्ये एउटा ओरिजिनल कन्ट्याक्ट नम्बर मात्रै बाँकी रहन्छ ।

जिमेलबाट डुप्लिकेट नम्बर कसरी हटाउने ?

फोनमा जिमेल लगइन गर्नुहोस् र जिमेल ट्याबमा रहेको ऋयलतबअतक अप्सनमा थिच्नुहोस् । त्यसो गर्दा तपाईंको जिमेलसँग सिंक्रोनाइज गरिएका फोनका सबै सम्पर्क नम्बरहरुको सूची देख्नुहुन्छ ।

त्यसपछि Find Duplicates अप्सनमा ट्याप गर्नुहोस् । त्यसले डुप्लिकेट सम्पर्क नम्बरहरु देखाइदिन्छ । जसलाई तपाइँले एक एक गरी डिलिट गर्न सक्नुहुन्छ । साथै ती नम्बरलाई ओरिजिनल नम्बरसँग मर्ज गरेर एउटामात्र कायम गर्ने विकल्प पनि रहेको छ । जिमेलमा त्यसरी मर्ज गरेसँगै तपाईंको फोनबाट डुप्लिकेट नम्बरहरु हराउनेछन् र हरेकको एउटामात्रै सम्पर्क नम्बर देखिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?