+
+

दशैंमा सस्तोडिलमा सामान किन्दा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १८:१३

काठमाडौं । सस्तोडिलले दशैंको अवसरमा बीग डिल एट सस्तोडिल योजना सञ्चालनमा ल्याएको छ ।

आइतबारदेखि सञ्चालनमा आएको महासेल मेलामा मिन्त्रा, साओमी, सामसुङ्ग, बाल्ट्रा, वान प्लस, नोकिया, सेन्चुरी, एसबी फर्निचर, फ्लिपकार्ट लगायत थुप्रै ब्राण्डका सामानहरु खरिद गर्दा विशेष छुट पाइने सस्तोडिलले बताएको छ ।

सस्तोडिलले सानिमा बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, मेगा बैंक लिमिटेड, स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड र प्रमुख वालेट पार्टनरमा ई-सेवासँग भुक्तानी साझेदारी गरेको छ l

८० प्रतिशतसम्मको भारी छुट, ५ हजार ५०० सम्मको तत्काल छुट उपलब्ध हुने  डिस्काउन्ट भौचर, ई-सेवा मार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको तत्काल छुट र बैंकमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम २ हजार ५०० सम्मको तत्काल छुट उपलब्ध हुने बैंक डिस्काउन्ट भौचरहरु यस क्याम्पियनको प्रमुख विशेषता रहेको सस्तोडिलले जनाएको छ ।

दैनिक उपभोग्य सामान र लाइफ स्टाइल क्याटगोरीका प्रमुख लक्ष्मण गौतमका अनुसार गत वर्षको तुलनामा यो वर्ष ग्राहकहरुलाई धेरै सामानहरुमा भारी मात्रामा छुट उपलब्ध हुनेछन् l

सस्तोडिलका अनुसार काठमाडौं, चितवन, इटहरी, पोखरा, बुटवल र जनकपुर समेत गरी पूर्वदेखि पश्चिमसम्म १५ हजारभन्दा बढी किराना सामानहरुमा विशेष छुट उपलब्ध हुनेछन् l लाइफ स्टाइल सामानहरु जस्तै फिटनेस, फर्निचर, डेकोरेसन, किचेन र डाइनिङ्गसँग सम्बन्धित नयाँ तथा पुराना ब्राण्डहरु र सो ब्राण्डका सामानहरुमा समेत नेपालभरको ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनेछन् l

ग्राहक सेवा विभागकी प्रमुख सुबिना महर्जनका अनुसार होम डेलिभरी, सामानको गुनस्तर, मूल्य र रिटर्न तथा रिफण्डमा सहजै सेवा उपलब्ध हुनेछन् । यो अफर योजना असोज १५ गते शुक्रबार सकिनेछ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?