+
+
Shares

लुटपाट प्रयासको आरोपमा ४ जना थुनामा, ३ जना रिहा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १९:११

१० असोज, विराटनगर । जिल्ला अदालत मोरङले सुन्दरहरैँचास्थित विराट चोकमा सुनपसल लुटपाट प्रयासको आरोपमा पक्राउ परेका सातमध्ये चार जना पुर्पक्षका लागि जेल चलान भएका छन्, तीन जना छुटेका छन् ।

आइतबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा थुनछेक बहसपछि चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । दुई जनालाई भने धरौटी र एकलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि संखुवासभा घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष भनिने सविनकुमार चौधरी र भोजपुर घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई कारागार चलान भएका छन् ।

सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई १ लाख ५० हजार र सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई १ लाख २५ हजार रूपैयाँ धरौटीमा छुटेका छन् । संखुवासभा घर भई तरहरामा बस्दै आएका चिरञ्जीवि राई भने साधारण तारेखका छुटेका छन् ।

विराट चोकस्थित खगेन्द्र थापाको सुनचाँदी पसलमा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास भएको थियो । सोही आरोपमा गत साउन दोस्रो साता मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका थिए ।

उनीहरुबाट प्रहरीले एउटा एसएमजी, त्यसको म्याग्जिन, ६२ राउण्ड गोली, दुईवटा पेस्तोल, थ्रीनटथ्री राइफल, त्यसको गोली, दुईवटा सञ्चार सेट र १६ हजार १ सय रूपैयाँ बरामद गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले ७ जनाविरुद्ध हातहतियार खरखजाना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र संगठित अपराधमा अभियोग दर्ता गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?