+
+

कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते ९:१४

११ असोज, चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रामचन्द्र पौडेल समूहका अधिकारी ६४९ मतसहित सभापति चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका भरत अधिकारीले ५४६ मत पाए ।

भरत निवर्तमान सभापति हुन् भने चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ को वडाध्यक्ष हुन् ।

भरतपुर महानगरपालिकाको सभापतिका लागि चित्रसेन र भरतसहित हिरामणि अधिकारी, वचन कार्की र अर्जुन रिजालले पनि उम्मेदवारी दिएका थिए । हिरामणी अधिकारीले १२९, कार्कीले ७५ र रिजालले २६ मत प्राप्त गरे ।

उपसभापतिमा बुद्धिकान्त न्यौपाने ६६१ मतसहित र विजय घले ५५६ मतसहित विजयी भएका छन् ।

उपसभापतिका अन्य उम्मेदवारहरु किशोर गुरुङले ५५४, सुरक्षा रेग्मीले २०७, कृष्णप्रसाद रेग्मीले २०५, शारदा कुमारीले १७२, गीताकुमारी शर्माले १४८, केदारनाथ बरालले ९५ र देवीप्रसाद लुईंटेलले ६६ मत पाए ।

त्यस्तै सचिव पदमा प्रनिशा गुरुङ र कृष्ण बगाले निर्वाचित भएका छन् । गुरुङ ५६४ र बगाले ४५६ मतसहित सचिव पदमा विजयी भएका छन् ।

यस्तै सहसचिवमा उपेन्द्र पण्डित ५१३ मतसहित र कल्पना पौडेल खड्का ४२० मतसहित विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?