+
+
Shares

विद्यार्थीलाई हेल्प फर ह्याप्पिनेसको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १३:०७

११ असोज, धनगढी । हेल्प फर ह्याप्पिनेस सामाजिक संस्थाले विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।

आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिम कमिटीले सोमबार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित आमाको माया छात्रावासका विद्यार्थीहरुलाई कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो ।

उक्त अवसरमा हेल्प फर ह्याप्पिनेस मेडिकल टिमका संयोजक दृष्टि विशेषज्ञ डा. युवराज जोशीको समूहले विद्यार्थीहरुको आँखा परीक्षण समेत गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले सबै पक्षको साथ र सहयोगले अनेक चुनौती पार गर्दै ६ वर्षे यात्रा पूरा गर्न सफल भएको बताए । भण्डारीले संस्थाले विभिन्न समस्यामा परेका नागरिकको उद्धार गर्ने, आपतकालीन रक्तदान गर्ने, मौलिक तथा सांस्कृतिक महत्व बोकेका चाडपर्वमा विशेष कार्यक्रमको अयोजना गरेर खुशी पुर्‍याउने, विपन्न तथा असहायलाई आर्थिक सहयोग गर्नेजस्ता कार्य गरिरहेको जानकारी दिए ।

आमाको माया छात्रबासकी अध्यक्ष शारदा शाहले हेल्प फर ह्याप्पिनेसले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिन् ।

वार्षिकोत्सवको अवसरमा उक्त संस्थाले वर्षभरिमा उत्कृष्ट कार्य गर्ने दुई जनालाई सम्मान गरेको छ । मेडिकल टिमका संयोजक डा. युवराज जोशी र आपतकालीन असहाय कोषकी संयोजक प्रिंयका अग्रवाललाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?