+
+

संसारकै निर्दयी पिता ? ३९ दिनको छोरामाथि आक्रमण, ७१ हड्डी फोडेर हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १४:१०

कोही कोही मानिस कतिसम्म निर्दयी र क्रूर हुँदा रहेछन् भन्ने कुरा बेलायतका एक पुरुषले देखाएका छन् । वार्मलीको साउथ ग्लास्टरशायरमा बस्ने जेम्स क्लार्क नामका ३१ वर्षीय पुरुषले आफ्नो ३९ दिनका नवजात छोरा सीन क्लार्कमाथि क्रूर हमला गरेका गरेका हुन् ।

उनको आक्रमणबाट नवजात शिशुको शरीरका ७१ वटा हड्डी तोडिए र सोही चोटका कारण शिशुको मृत्यु भयो । आफ्नै बुवाको आक्रमणबाट ती नवजात छोराको शरीरका दर्जनौं हड्डी भाँचिएका, जिउमा गहिरो चोट लागेको र मस्तिष्कमा पनि रक्तश्राव भएको थियो ।

रातको समयमा आफ्नै बाबुको आक्रमणमा परेका नवजात छोरालाई अर्को बिहान उनकी आमाले मृत अवस्थामा फेला पारेकी थिइन् ।

पोष्टमार्टममा शिशुमाथि कम्तीमा तीन पटक कडा प्रहार भएको र सोही कारण शरीरका कैयौं हड्डी भाँचिएको खुलेको थियो । शिशुको छाती त कच्याककुचुक भएको थियो । त्यस्तै टाउकोमा चोट लागेर मस्तिष्कमा रक्तश्राव भएसँगै उनको मृत्यु भयो । शिशुको शरीरमा रहेका कतिपय चोटहरु पुरानो समेत रहेका हुँदा क्लार्कले छोरामाथि पहिलेदेखि नै आक्रमण गर्ने गरेको खुलासा भएको छ ।

सन् २०१८ मा भएको यो घटनाको मुद्दाको सुनुवाइ गर्दै ब्रिस्टोल क्राउन कोर्टले ती निर्दयी बाबुलाई जन्मकैदको सजाय सुनाएको छ । शिशु हत्याको अभियोगमा दोषी ठहर भएसँगै अब क्लार्कले कम्तीमा १५ वर्ष जेलमा बस्नुपर्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?