फाइल तस्वीर								
											११ असोज, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले देशलाई नै कालोसूचीमा पार्न खोजेको आरोप लगाएका छन् । बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा २१–२२ अर्ब रुपैयाँ कालोधनलाई वैधानिकता दिने प्रावधान राखेर सरकारलाई नेपाललाई नै कालोसूचीमा राख्ने प्रयास गरेको उनको आरोप छ ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अधिकारीले भने, ‘हुँदाहुँदा लुटिएका झण्डै २१-२२ अर्ब अन्तर्राष्ट्रिय कानून, आतंककारी कानुन समेत आकर्षित हुने कानूनलाई समेत उल्लंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’
सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सुचारु गराउन पहल नगरेको तर्कसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4