+
+

कसरी शुरु भयो कांग्रेसको जय नेपाल ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १८:२४
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक अर्कालाई अभिवादन आदान प्रदान गर्दै ।

११ असोज, काठमाडौं । जय नेपाल ! हामी धेरैले सुनेको वाक्य हो यो । व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ । यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भइरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गरेको छ ।

यस्तै राजनैतिक रुपमा नेपाली कांग्रेसको नेता कार्यकर्ताहरुले अभिवादन गर्नु परे जय नेपाल भन्ने गर्छन् । कसैले जय नेपाल भन्यो भने कि त्यो सेना वा प्रहरी हो कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो बुझ्ने चलन छ ।

खासमा यो वाक्य कसरी प्रयोगमा आयो ? नेपाली कांग्रेसका पुराना नेता पुरुषोत्तम बस्नेत नेपाली कांग्रेसका संस्थापक नेताहरु भारतको जय हिन्दबाट प्रभावित भएर जय नेपाल भन्न शुरु गरेको बताउँछन् ।

पहिले काठमाडौंलाई मात्र नेपाल भनिन्थ्यो । तर २००७ सालको क्रान्तिपछि कांग्रेस नेताहरुले काठमाडौं मात्र नभई नेपालका सबै क्षेत्रलाई नेपाल भन्नुपर्छ भनेर आन्दोलनकै रुपमा जय नेपाल भन्न थालेका उनको भनाइ छ ।

नेपाली कांग्रेसको सेना मुक्ति सेनाका लडाकुहरुले एक अर्कालाई जय नेपालको अभिवादन आदान प्रदान गर्थे । बस्नेत भन्छन् ‘मुक्ति सेनाका धेरै कमान्डर नेपाल प्रहरीमा गए, प्रहरीमा त्यसकै प्रभाव परेको हुन सक्छ ।’

रेडियो नेपाल अहिले पनि दिनको सुरुवात जय नेपालबाट गर्छ । नेपाली कांग्रेसले क्रान्तिको वेला तारिणीप्रसाद कोइरालाले विराटनगरमा खोलेको प्रजातन्त्र रेडियोले जय नेपाल भनेर प्रशारण शुरु गर्थ्यो । पछि त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरिएको बस्नेत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?