+
+

गोरखापत्रको कार्यकारी अध्यक्षमा सुवेदी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १८:३८

११ असोज, काठमाडौं । सरकारले पत्रकार विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको मन्‍त्रिपरिषद्को बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

व्यवसायिक पत्रकारितामा दुई दशकभन्दा बढी समय क्रियाशील रहेका सुवेदी यसअघि अन्‍नपूर्ण पोस्ट, नेपाल समय डटकमलगायतका सञ्चारमाध्यममा डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी भूमिका रहेर काम गरेका थिए ।

२०५२ सालदेखि पत्रकारिता यात्रा थालेका सुवेदीले संसद, सुरक्षा, भ्रष्टाचार तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा कलम चलाउँदै आएका छन् ।

आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध तथा तालिमलगायतका प्राज्ञिक अभ्यासमा पनि सहभागी हुँदै आएका छन् ।

पत्रकारिता क्षेत्रमा उनको व्यवसायिक योगदानको कदर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा विभिन्‍न नागरिक संस्थाहरूबाट पुरस्कृत पनि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?