+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बागमती साक्षर प्रदेश घोषणा

रासस रासस
२०७८ असोज ११ गते १९:३५

११ असोज, मकवानपुर । बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् ।

उक्त कार्यक्रममा उनले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्ने र  प्रदेशमा शिक्षाको ज्योति फैलाउनुपर्ने बताइन् । मुख्यमन्त्री शाक्यले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह, जिल्ला समन्वय समिति समन्वय गरी प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाउने उनको भनाइ छ ।

मुख्यमन्त्री शाक्यले विगतमा बेलुकाको समयमा मात्र प्रौढकक्षा पढ्नुपर्ने महिलाको बाध्यता भए पनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने बताइन् । जिल्लास्तरका सबै निकाय साक्षर अभियानमा लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाक्यले घोषणाको काम सकिए पनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने उल्लेख गरिन् ।

प्रदेशका १५ देखि ६० वर्षबीचका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेकाले एउटा सन्देश प्रवाह गर्न बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौँडाका निर्देशन चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए ।

उनका अनुसार अब भने १५ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरूलाई पनि साक्षर बनाउने कार्यलाई तीव्रताका साथ पहल गरिनेछ । प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, मन्त्रालय र निर्देशनालयका कर्मचारीलगायतको सहभागिता थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?