+
+

नेपाली कांग्रेस धादिङको पालिका अधिवेशनमा पौडेल पक्ष हाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते ७:३८

१२ असोज, धादिङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङका १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।

११ वटा पालिकाको नेतृत्व टुङ्गो लाग्दा धादिङमा पौडेल पक्ष हाबी देखिएको छ । पौडेल पक्षले ९ वटा पालिकामा नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ ।

पौडेल पक्षले नेतृत्व गरेको पालिकाहरूमा धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना गाउँपालिका र नेत्रावती डपजोङ गाउँपालिका रहेका छन् । सिद्धलेक गाउँपालिका र खनियावास गाउँपालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ ।

नीलकण्ठ नगरपालिका र रुबीभ्याली गाउँपालिकाको निर्वाचन भने दुई पक्षको विवादका कारण स्थगित भएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

नेपाली कांग्रेस धादिङको जिल्ला कार्यसमिति सदस्य नवराज तिमिल्सिनाका अनुसार सर्वसहमतिबाट धुनिबेसीमा सुरज उप्रेती, गल्छीमा दीपक कार्की, थाक्रेमा रामप्रसाद बिडारी, गजुरीमा भूमि कँडेल, बेनीघाट रोराङमा ऋषि त्रिपाठी, ज्वालामुखीमा रेशमराज काप्री, त्रिपुरासुन्दरीमा राजु उप्रेती, खनियाबासमा मरिचमान तामाङ र नेत्रावती गाउँपालिकामा ठाकुर गुरुङ सभापति चुनिएका छन् । यस्तै सिद्धलेकमा रामशरण गिरी र गंगाजमुना गाउँपालिकामा फैसिंह तामाङ मतदानबाट प्रक्रियाबाट सभापति चुनिएका तिमिल्सिनाले बताए ।

धादिङमा रामचन्द्र पौडेल पक्षको नेतृत्व वर्तमान सभापति रमेश धमला र पूर्वसभापति रामनाथ अधिकारीले गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व भिमप्रसाद ढुंगाना र पूर्वराज्यमन्त्री दिलमान पाखि्रनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?