+
+

केयूकेएलका कर्मचारी आन्दोलित, सीईओलाई कार्यालय प्रवेशमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:०६

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी कल्याण परिषद् र काठमाडौ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघ सम्बद्ध कर्मचारीले कार्यालय परिसरमा दैनिक धर्ना दिइरहेका छन् । मेलम्चीको पानी आएपछि कम्पनीको सञ्चालन खर्च बढ्ने भएकाले महसुल दर पुनरावलकोनको प्रक्रिया अघि बढाउनुपर्ने कर्मचारीहरुको माग छ ।

उनीहरुले कम्पनीको वाषिर्क साधारण सभा गर्न, साधारण सेयर (आईपीओ) जारी गर्न, स्वतन्त्र सञ्चालक नियुक्त गर्न लागायतका माग राख्दै आन्दोलन थालिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनका उपाध्यक्ष ओम ढकालले जानकारी दिए ।

कम्पनीको छैठौं वाषिर्क साधारणसभाले गरेको निर्णयअनुसार सबै शेयर धनीलाई शेयरबापतको पुँजी दाखिला गर्न, ग्राहकलाई अनलाइनबाट सेवा प्रवाह गर्न, काठमाडौं उपत्यका खानेपानी बोर्ड र कम्पाीबीच भएको लिज एगि्रमेन्ट पुनरावलोकन गर्न पनि कर्मचारीले माग गरेका छन् ।

मेलम्चीका पानी वितरण गर्ने संरचनाहरु परीक्षणपछि कम्पनीलाई दिने व्यवस्थाका लागि पहल पनि नभएकाले आन्दोलन गर्नुपरेको कर्मचारी संघ/संगठनले बताएका छन् ।

कर्मचारीले विसं २०४० देखि नै कर्मचारीको सेवा सुविधामा वृद्धि नभएको भन्दै असन्तुष्टि पोखेका छन् । विभिन्न सयममा कर्मचारीले पाउनुपर्ने सेवा सुविधाबारे भएका सहमति पनि कार्यान्वयन नभएको उपाध्यक्ष ढकालले बताए । कम्पनी व्यवस्थापनले मागको सुनुवाईमा चासो नदिएको आरोप कर्मचारीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?