+
+

प्रदेश-२ मा खुद्रा विकास भइरहेको छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:३५
फाइल तस्वीर

१२ असोज, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेश-२ मा खुद्रा विकास भइरहेको बताएका छन् । यो खुद्रा विकासले पर्यटन प्रवर्द्धन हुन नसक्ने उनको भनाइ छ ।

होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश-२ ले मंगलबार जनकपुरधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले एकीकृत योजना बनाउनुपर्ने बताए ।

ऐतिहासिक, धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको यो प्रदेशमा पर्यटक भित्र्याउने सम्भावना धेरै रहेको उनले बताए। प्रदेशभरिकै धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन उनले प्रदेश सरकारसँग आग्रह गरे ।

कार्यक्रममा सहभागी रहेका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार पर्यटन प्रवर्द्धन लागि हरेक पक्षसँग सहकार्य गर्न तयार रहेको बताए ।

पर्यटन प्रवर्द्धनको लागी प्रदेशका मुख्य धार्मिक तथा एतिहाँसिक स्थलहरुमा विकास निर्माणको काम शुरु गरि सकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढने राउतले बताए ।

कार्यक्रममा प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको अभाव हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?