+
+

कांग्रेस नवलपरासीको अधिवेशनमा मिश्रित परिणाम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:३०

१२ असोज, बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीको गाउँ/नगर अधिवेशनमा मिश्रित परिणाम आएको छ ।

नवलपरासीका ७ स्थानीय तहमध्ये तीनवटामा देउवा समूह, दुई/दुईवटा पालिकामा रामचन्द्र पौडेल र शशांक कोइराला समूहले सभापति जितेका छन् ।

सुनवल र बर्दघाट नगरपालिकाको सभापति रामचन्द्र पौडेल समूहले जितेको छ । रामग्राम नगरपालिका तथा पाल्हिनन्दन र सरावल गाउँपालिकाको सभापति देउवा समूहले तथा सुस्ता र प्रतापपुर गाउँपालिका सभापतिमा शशांक समूहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

सुनवल नगरपालिका सभापतिमा सोमबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले देउवा समूहका खेमराज पाण्डेयलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । यस्तै बर्दघाट नगरपालिका सभापतिमा दामोदर जीसी विजयी भएका छन् । उनले देउवा समूहका शम्भुलाल श्रेष्ठलाई पराजित गरे । अन्य पदाधिकारीमा पनि पौडेल समूहका उम्मेदवारहरु विजयी भएका छन् ।

रामग्राम नगरपालिकाको सभापतिमा देउवा समूहका श्रीधर बस्याल निर्वाचित भएका छन् । बस्यालले पौडेल समूहका उमाशंकर श्रीवास्तवलाई पराजित गरेका हुन् ।

पाल्हिनन्दन गाउँपालिकामामा देउवा समूहका हरिहर चौहान सभापतिमा निर्वाचित भएका छन् । उनको पूरै प्यानल विजयी भएको हो ।

यसैगरी सरावल गाउँपालिकामा पनि देउवा समूहका विनोद पाण्डेको पूरै प्यानल विजयी भएको छ । सुस्ता गाउँपालिका सभापतिमा रविन्द्रकुमार बानियाँ निर्विरोध निर्वाचित भएका छन् । यस्तै प्रतापपुर गाउँपालिका सभापतिमा ज्ञानेन्द्रकुमार पञ्जियार निर्विरोध निर्वाचित भएका छन् । दुवै पालिकामा देउवा समूहसँगको सहमतिमा शशांक समूहका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको उक्त क्षेत्रका संघीय सांसद देवेन्द्रराज कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?