+
+

हुम्लाका सातवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व, देउवा पक्षको वर्चस्व

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १४:३३

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुम्लाका सातवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ ।

६ वटा स्थानीय तहका सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । सर्केगाड गाउँपालिकामा मात्रै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको कांग्रेस जिल्ला सभापति जयपति रोकायले जानकारी दिए ।

सातवटा स्थानीय तहमध्ये ६ वटा पालिकामा पार्टी सभापति शेरबहादुर देउवा पक्षले नेतृत्व हात पारेको छ । एउटा पालिकाको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता आएका छन् ।

देउवा पक्षले नेतृत्व हात पारेका पालिकाहरू सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, ताँजाकोट गाउँपालिका, अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र नाम्खा गाउँपालिकामा रहेका छन् । सर्केगाड गाउँपालिकाको नेतृत्व पौडेल पक्षले हात पारेको छ ।

सभापति रोकायका अनुसार सिमकोटमा धर्मराज रोकाय, खार्पुनाथमा टेकबहादुर शाही, ताँजाकोटमा कृष्णबहादुर मल्ल, अदानचुलीमा विष्णु भण्डारी, चंखेलीमा नरबहादुर भण्डारी र नाम्खामा सोनम लामा सभापति चयन भएका छन् ।

यस्तै सर्केगाड गाउँपालिकामा पौडेल पक्षका धनराज शाही ७० मतसहित सभापतिमा चयन भएका छन् । उनका प्रतिद्वन्दी देउवा पक्षका बल खत्रीले ६३ मत प्राप्त गरेका छन् ।

हुम्ला सभापति देउवा निकट केन्द्रीय सदस्य एवं कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको गृहजिल्ला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?